दाङमा सबै भन्दा बढि २० देखी ४० बर्ष सम्म उम्मेरकालाई कोरोना संक्रमण

Author Logo..
अनलाइन राप्ती २०७७ असोज १८ गते आइतवार


दाङ :  दाङमा सबै भन्दा बढि २० देखी ४० बर्ष सम्म उम्मेरका ब्यक्तिमा कोरोना संक्रमण भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा हाल सम्म २० देखी ४० बर्ष सम्म उम्मेरका ७६९ जना ब्यक्तिहरुमा कोरोना संक्रमण भएको छ । त्यस्तै ५ बर्ष सम्मका १३ जना, ५ देखी १० बर्ष सम्म १४ जना, १० देखी २० बर्ष सम्मका १९३ जनामा संक्रमण भएको स्वास्थ्य कार्यालय दाङका कोभिड १९ फोकल पर्सन कमल चन्दले जानकारी दिए । त्यस्तै ४० देखी ५० बर्ष सम्मका १३० जना, ५० देखी ६० बर्ष सम्मका ७१ जना र ६० बर्ष भन्दा माथीका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

त्यस्तै जिल्लामा सबै भन्दा बढि नागरीकहरु संक्रमित भएका छन् । अहिले सम्म १ हजार ७६ जना नागरीकहरु, त्यसपछि विभिन्न कार्यालयका ४३ जना कर्मचारी, ४० जना स्वास्थ्यकर्मी, ३४ जना नेपाली सेना, ७ जना जनप्रतिनिधीहरु रहेको फोकल पर्सन चन्दले जानकारी दिए । त्यस्तै नेपाली प्रहरी १ जना, महिला स्वास्थ्य स्वयम सेविका २ जना र सञ्चारकर्मी १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै जिल्लामा आइतवार सम्म १७ हजार ३२९ जनाको स्वाब परीक्षण गर्दा १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरु मध्य २६५जना महिला र ९३९ जना पुरुष गरी १२ सय ४ जना रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । ति मध्य १ हजार २६ जना डिस्चार्ज भएको र अहिले १७६ जना संक्रिय सक्रमितहरु रहेका छन् । साथै ति मध्य होम आइसोलेसनमा ११८ जना रहेको चन्दले जानकारी दिए । त्यस्तै वितेको २४ घण्टामा जिल्लामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, भने २८ जना डिस्चार्ज भएको फोकल पर्सन चन्दले जानकारी दिए । जिल्लामा हाल सम्म ३ जना ब्यक्तिहरुको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार