प्रदेश राजधानीको प्रस्ताव बारे दाङ काँग्रेसद्धारा स्वागत

प्रस्तावको पक्षमा मतदान गर्न आग्रह
Author Logo..
अनलाइन राप्ती २०७७ असोज १८ गते आइतवार

दाङ :  प्रदेश ५ को राजधानी दाङको भालुवाङ र नाम लुम्बीनी प्रस्ताव गरिएकोमा नेपाली काँग्रेस दाङले स्वागत गरेको छ । नेपाली काँग्रेस दाङका सभापति कृति बहादुर खड्काले द्धारा एक बिज्ञप्ती जारी गरी संविधानको मर्म अनुसार स्थान र नाम प्रस्ताव गरिएकोमा उपयुक्त भएको बताएका छन् ।

साथै पेश गरिएको प्रस्तावको पक्षमा मतदान गर्न प्रदेश सभा सदस्यहरुले कांग्रेसले आग्रह समेत गरेको छ । त्यस्तै नेपाली कांग्रेसका ६ जना सांसदले भालुवाङ राजधानी बनाउने पक्षमा रहेका छन् । दाङका डिल्ली चौधरी, शंकर गिरी, अर्जुन श्रेष्ठ, प्रमुख सचेतक बाँकेका सुरेन्द्र हमाल, बाँकेकै याकुब अन्सारी, बर्दियाका भुबनेश्वर चौधरीले दाङको पक्षमा मतदान गर्ने बताएका छन् । प्रदेश संसदमा कांग्रेसका १९ सांसद छन् । अन्य सांसदले भने भालुवाङको विरोध जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार