नेपाल कोरोनाबाट थप ७ जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ असोज १८ गते आइतवार

काठमाडौं,  नेपालमा कारोना भाइरसबाट ५ दिने नवजात शिशुसहित थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुरमा पाँचदिने नवजात शिशुसहित ४ महिला र ३ पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

मृत्यु हुनेमा चितवनमा ५५ वर्षिया महिला, बाँकेमा २५ वर्षिया महिला र कञ्चनपुरमा २९ वर्षिया महिला रहेका छन । यस्तै काठमाडौंमा ५५ वर्षिय पुरुष, ललितपुरमा ७७ वर्षिय पुरुष र बाँकेमा ६० वर्षिय पुरुषको पनि कोभिडबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ ।  त्यस्तै पछिल्लो २४ घन्टामा थप १३ सय २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६४ हजार ६९ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार