लेनदेन मुद्धामा फरार विक पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ असोज १८ गते आइतवार

दाङ  :  दाङमा प्रहरीले लेनदेन मुद्धामा फरार एक महिलाई पक्राउ गरेको छ । लेनदेन मुद्धामा १ वर्ष कैद सजाय फैसला भएर फरार रहेकी बाँकेको राप्ती सोनारी गाउँपालिका ८ बालापुरकी कमला विकलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
विकलाई दाङ देउखुरी जिल्ला अदालतबाट २०७५ जेठ २५ गते लेनदेन मुद्धामा १ वर्ष कैद सजाय फैसला भएपछि फरार रहेकी थिइन् । घरमै लुकिछिपि बसीरहहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार