गोवामा एक बेसाहारा नेपाली महिलाको उद्धार (भिडियो सहित)

Author Logo..
अनलाइन राप्ती २०७७ असोज १७ गते शनिवार

गोवा  :  भारतको गोवामा मानसिक सुन्तलन ठिक नभएकी एक महिलालाई उद्धार गरिएको छ । गोवाको केपेम भन्ने ठाउँमा बेसाहारा  अचेत अवस्थामा रुख मुनी सुतिरहेको अवस्थामा देखेपछि करिब १५ दिन अगाडी गोवा प्रहरी ओन स्टेप सेन्टर नाम संस्थामा बुझाएको थियो । त्यसपछि ति महिलालाई सोधपूछ गर्दा नेपाली हुन भन्ने थाहा भएपछि विभिन्न ब्यक्ति मार्फत आफुलाई जानकारी आएपछि उहाँको उद्धार गरी नेपाल पठाएको गोवामा रहेका गोवा नेपाली समाजका अगुवा सुनिल रावतले जानकारी दिए । ‘उहाँको अवस्था एकदमै दयनिय रहेको थियो ,’ रावतले भने । तर उहाँको नेपालमा घर कहाँ थाहाँ छैन् ।’

मानसिक सन्तुलन ठिक नभएका कारण उहाँले आफ्नो नाम रमा कुमारी बरैलीे र घरको ठेगाना बोडगाउँ बताउँदै आएको रावतले बताए । तर उहाँको वास्तविक नाम के हो ? उहाँ कहिलेदेखी यहाँ आउनु भएको हो ? कोसंग आउनु भएको हो ? कुनै जानकारी नभएको रावतले जानकारी दिए । उहाँले नेपालगन्जबाट बस चढेर २ घण्टामा घर पुग्ने बताएपछि उहाँलाई त्यसैका आधारमा नेपाल राजदुताबास र बांके प्रहरीको समन्वयमा यहि अक्टुबर २ तारिक अर्थात् यहि असोज १६ गते नेपाल पठाएको रावतले जानकारी दिए ।

https://www.youtube.com/watch?v=bfl1QXt4fig

‘ उहाँले हामीलाई नेपालगंजका २ घण्टा लाग्छ, घर जान भन्नु भयो । त्यसैका आधारमा नेपाली राजदुतवास बाँके प्रहरीसंग समन्वय गरी नेपाल पठाएका छौँ ,’उनले भने । त्यस्तै उहाँको उद्धारको लागी ओन स्टेप सेन्टर गोवाकी प्रमुख अऊडा वियेगास, चादनी रावत र सेविका थापाले समेत सहयोग गरेकोे उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार