नेपालमा २४ घण्टा २ हजार १२० संक्रमित थपिए, २ हजार ४४ जना डिस्चार्ज

Author Logo..
अनलाइन राप्ती २०७७ असोज १७ गते शनिवार

काठमाडौं :   नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशका बिभिन्न प्रयोगशालामा गरिएको १२ हजार ९ सय ७८ पीसीआर परीक्षणमा बिभिन्न जिल्लाका गरी २ हजार १ सय २० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

यसैगरी काठमाडौँ उपत्यकामा शनिबार १ हजार १ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँका १ हजार १,ललितपुरका १सय ९ र भक्तपुरका ६७ जना रहेका छन् । त्यस्तै कोरोना भाइरसबाट शनिवार थप ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र ६ पुरुष गरी थप ८ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय २८ पुगेको छ । त्यस्तै शनिबार २ हजार ४४ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् । अहीले सम्म कुल संक्रमितमध्य ६२ हजार ७ सय ४० जना उपचारपछि निको भएर घर फर्किएका छन ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार