बबई र राप्ती गाउँपालिकाबाट ५ लाख बढि रकम सहित १८ जुवाडे पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ असोज १७ गते शनिवार


दाङ : दाङका प्रहरीले २ स्थानबाट प्रहरीले ५ लाख बढि रकम सहित १८ जनालाई पक्राउ गरेको छ । शुक्रबार राती साढे १० बजे तिर राप्ती गाउँपालिका ५ सिसहनिया बजारमा रहेको दर्शन खाजा घरको कोठामा जुवा तास खेलिरहेको गोप्य सुचनाको आधारमा जिप्रकाबाट खटिएको प्रहरी टोलीले २ लाख ६० हजार १२५ रुपैंया सहित १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ पर्नेमा राप्ती गाउँपालिका ७ का ३७ बर्षीय दिपेन्द्र विक्रम शाह, वडा नं. ५ का २९ बर्षीय मोहन गाहामगर, वडा नं. ७ का २८ बर्षीय नारायण रोकामगर, वडा नं. ८ का ३० बर्षीय श्याम गुरुङ, वडा नं. ४ का २८ बर्षीय बसन्त बेल्वासे, वडा नं. ४ का ३० बर्षीय लक्ष्मण गिरी, वडा नं. ५ का ३० बर्षीय छोटेलाल चौधरी, वडा नं. ८ का ४५ बर्षीय बेलसिंह भैयामगर, वडा नं. २ का ३८ बर्षीय युवराज बुढा र रोल्पा सुनिलस्मृती गाउँपालिका ७ का २८ बर्षीय नारायण रोका मगर रहेको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए ।

त्यस्तै दाङको बबई गाउँपालिका ३ धनुवासमा केशव भन्ने केश कुमार विकको घरमा जुवातास खेलिरहेको अवस्थामा २ लाख ६१ हजार ९९० रुपैयाँ सहित ८ जनालाई इलाका प्रहरी कार्यालय खिलतपुरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाउँपालिका ३ धनुवास ३७ बर्षीय केशकुमार विक, सोही ठाउँका ४३ बर्षीय लोक बहादुर खड्का, ४९ बर्षीय पर्साराम बिक, २४ बर्षीय शेर बहादुर विक, २४ बर्षीय प्रेम पुन र वडा नं. ४ सुन्दरखालका ३२ बर्षीय बिमल भन्ने बिन बहादुर घर्ती, सोही ठाउँका २९ बर्षीय विक्की नेपाली र २९ बर्षीय भीम बहादुर भन्ने भाईलाल नेपाली प्रकाउ परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार