सुशील बस्नेत
दाङ : अहिंसा अन्तराष्ट्रिय अहिंसा दिवस शुक्रवार अक्टोवर २ का दिन बिभिन्न कार्यक्रम गरी मनाइएको छ । मानव अधिकार तथा शान्ति समाज केन्द्रिय समितिले बलत्कार मानवता बिरुद्धको अपराध हो बिषयक अन्तरक्रिया गरेको छ । शान्ति समाले भर्चुअल मार्फत गरेको बलत्कारमा संलग्न दोषिहरुले उन्मूक्ति दिने जनप्रतिनिधि,प्रहरी प्रशासन,अगुवालाई समेत दण्डित गर्न आग्रह गरेको छ ।
यसका लागि शान्ति समाजले अभियान प्रारम्भ समेत गरेको जानकारी संस्थापक सभापति कृष्ण पहाडीले बताए । कार्यक्रममा बझाङका निमित्त प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले गत असोज ७ गते बझाङको मँष्टा गाँउपालिका वडा नम्वर २ खिकालीकाकी १२ बर्षिया सम्झना बिश्वकर्मालाई बलत्कार गरी हत्या गर्ने मस्टा गाउँपालिका–२ खिकालाका राजेन्द्र बोहरालाई पक्राउ गरि कारर्बाही प्रक्रिया शुरु गरिएको जानकारी दिए ।
शान्ति समाजका संस्थापक सदस्य कृष्ण कँडेलले गत साउनमा पनि बोहराले पानीघट्टमा अर्की १३ वर्षीया बालिकालाई बलात्कार गरेको सार्वजनिक भइसकेको र घटनापछि मिलापत्र भएको बाहिर सार्बजनिक भएकाले यस्तो घटनाका पीडित र पिडकलाई मिलापत्र गर्न नमिल्ने भनाइ राखे ।
त्यसअवसरमा शान्ति समाजका सचिब मदनबहादुर कुवँर,कोषाध्यक्ष रामकृष्ण बराल,रुपन्देही शाखा सभापति धनपति खनाल लगायतले आ आफ्ना बिचार राखेका थिए । कार्यक्रम बरिष्ठ उपसभापति गोबिन्द खनालको सभापतित्वमा भएको थियो, भने सहजिकरण महासचिब सुशील बस्नेतले गरेका थिए ।
सन् २००७ मा संयुक्त राष्ट्र संघको महासभाले सर्वसम्मतिले महात्मा गान्धीको जन्मजयन्तीको अवसरमा अहिंसा दिवस आयोजना गरेको यिो । २००८ देखि १ सय ९३ राष्ट्रले अहिंसा दिवस मनाउन शुरु गरेका हुन ।