दाङ : दाङमा शुक्रवार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तुलसीपुर, घोराही र लमहीमा गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिए । योसंगै जिल्ल्लामा हाल सम्म ११९७ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । ति मध्य २२७ जना संक्रिय संक्रमितहरु रहेको बाँकी अन्य डिस्चार्ज भएको उनले जानकारी दिए । त्यस्तै आज तुलसीपुरमा १० जना कोरोना संक्रमित थपिएका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको को फिवर क्लिनिकबाट वडा नं. ६ का १५,२३,२४,२६,३०,३७,३७ बर्षीय पुरुष र २२ बर्षीय महिला गरी ८ जना र वडा नं. १० की २१ बर्षीय महिला र वडा नं. १९ का ५९ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरका फोकल पर्सन विमल केसीले जानकारी दिए । योसंग उपमहानगरमा संक्रमितहरुको संख्या २४१ पुगेको छ, भने १७४ जना डिस्चार्ज भएका छन् ।
अहिले ६७ जना संक्रिय संक्रमितहरु ओम आइसोलेसन तथा कोरोना विशेष अस्पतालमा रहेको उनले बताए । त्यस्तै घोराही उपमहानगरमा आज थप ४ जना कोरोना संक्रमितहरु थपीएका छन् । उपमहानगरमा हाल सम्म ३ हजार ८१६ जनाको स्वाब परीक्षण गर्दा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ति मध्य ३७० जना डिस्चार्ज भएको उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ । अहिले उपमहानगरमा ६३ जना संक्रिय संक्रमितहरु रहेको शाखाले जनाएको छ ।