नेपालमा पछिल्लो २४ घण्टामा थप ३३ सय ७ जना संक्रमित डिस्चार्ज, थप ११ जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ असोज १६ गते शुक्रवार

काठमाडौं  :  नेपालमा पछिल्लो २४ घण्टामा थप ३३ सय ७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरो नामुक्त हुनेको संख्या ६० हजार ६ सय ९६ जना पुगेको छ । त्यस्तै नेपालमा कोरोना भाइरसबाट थप ११ जनाको मृत्यु भएको छ । ४ जना महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । भक्तपुरमा ६१ वर्षिया र ५१ वर्षिया, काठमाडौंमा ६७ र सुर्खेतमा ७५ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको हो । यस्तै मोरङमा २७ वर्षिय, ललितपुरमा ३२ र ७० वर्षिय, मकवानपुरमा ७६ वर्षिय पुरुषको मृत्यु भएको छ । रुपन्देहीमा ६० वर्षिय, बाँकेमा ५२ र ५९ वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु भएको सँख्या ५ सय २० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार