• २०७७ कार्तिक ७ गते शुक्रवार

बाबुराम भन्छन् : ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न जनलोकपाल गठन गरौं

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २८ गते बुधवार

फाइल फोटो

काठमाडौं  : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्ड सजाय गर्न अधिकार सम्पन्न जनलोकपाल गठनको प्रस्ताव गरेका छन् । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार एक विज्ञप्ति जारी गरी बुढीगण्डकी जलविद्युत आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घुस लिएको प्रमाण पेश गर्न चुनौती पनि दिएपछि भट्टराईले यस्तो प्रस्तावअघि सारेका हुन् ।

बुधबार साझँ भट्टराईले समाजिक संजाल फेसबुकमा यस्तो लेखेका छन् । ‘ बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकार सम्पन्न जनलोकपाल गठन गरौं। सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं । म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु,’ उनले भनेका छन् । त्यस्तै उनले भनेका छन्,‘ जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊ !’

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार