• २०७७ कार्तिक ७ गते शुक्रवार

टिकटकमा भाइरल बबई २ का झलनाथ

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २८ गते बुधवार


प्रेम केसी
हंशपुर दाङ :  पछिल्लो समय सामाजिक संजाल टिकटकले धेरै ब्यक्तिहरु प्रतिभाहरुलाई बाहिर ल्याउन मद्धत गरेको छ । कलाकार बन्नको लागी काठमाडौँ जानु पर्ने र धेरै पैसा हरु खर्च गर्नु पर्ने भएकाले धेरै प्रतिभा भएका ब्यक्तिहरु पनि आर्थिक कारणले गर्दा आफु भित्र भएको कला बाहिर ल्याउन सकेका थिएन् । तर टिकटकले गर्दा अहिले धेरै प्रतिभा भएका ब्यक्तिहरुले आफ्नो कला प्रस्ततु गर्दै आएका छन् । त्यस्तै मध्यमा दाङ बबई गाउँपालिका २ निबासी झलनाथ खत्री पनि हुन् ।

@its.khatri.bhai1

जात नमिले के भो त मन मिल्छ क्यरे | उनी पनी असाध्धै मया गर्छिन मलाइ | #प्रेमी #❤️ @bipoonaxettri #foryou #fyp #fypシ

♬ original sound – Jhalnath khatri

अहिले उनी टिकटकमा निकै भाइरल भएका छन् । उनीले टिकटकमा विभिन्न ६० वटा .जति भिडियोमा अभिनय गरेका छन् । तर ति अभियन गरेका भिडियोहरु हेर्दा उनीलाई जो कोहीले पनि चर्चित कलाकार नै हो की भन्नेमा दुइ मत छैन् । घर ३ भाइ मध्यको माइलो भाइ हुन खत्री । उनी रोजागारीको शिलशिलामा करिब २ बर्ष पहिले भारत गएका थिए । त्यहि काम गर्दै गर्दै रङमञ्चसंग जोडिन पुगेको बताए । कोरोना भाइरसका कारण नेपाल फर्किए पछि खत्रीले टाइम पास गर्नको लागी टिकटकमा भिडियोहरु बनाउन शुरु गरेको बताए । टिकटकमा अभियन गर्दै जादाँ अहिले भाइरल बनेको छन् । उनले दैनिक कम्तिमा एउटा भिडियो टिकटकमा अपलोड गर्ने गरेको बताए । तिच भिडियोहरु माया प्रेमसंग समाजमा घटेका घटनाहरुको बारेमा समेत प्रस्तुत गरेका छन् ।

@its.khatri.bhai1

धेरै मया लाग्ने तर मनकाे कुरा भन्नै नसक्ने ।अत्ति भो ….आज फूल दियर मैले नै मया पिरति सुरु गर्नु पर्यो | @bipoonaxettri #प्रेमी #❤️ #foryou #fyp

♬ original sound – Jhalnath khatri

आर्थिक स्थित कम्जोर भएका कारण पढाइलाई विच मै रोकी भारत गएका खत्री भने अब पढाइलाई निरन्तरता दिने बताउँछन् । उनी अहिले १२ पढ्दै छन् । अहिले सम्म बनाएका भिडियोहरुमा आफै सम्पादन गर्ने र आफैले निर्देशन गर्ने गरेको उनले बताए । उनको टिकटकमा १८ लाख लाइक र ७२ हजार बढि फ्यानहरु रहेका छन् । उनंको अभिनयमा साथ दिदै आएकी छन् । सल्यानकी विपना केसीले ।

@its.khatri.bhai1

मायालु सङ बसेर मस्केको … महिला सिट पाे परेछ … दिदिले झन्डै मारीनन । #प्रेमी #बसवाला #❤️ #😂 #foryou #fyp #fypシ @bipoonaxettri

♬ original sound – Shishir Bhandari

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार