चोरी मुद्धाका फरार एक युवक करिब एक बर्षपछि पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ असोज १५ गते बिहिवार

दाङ :  दाङमा प्रहरीले मोटरसाइकल चोरीको आरोपीलाई एक युवकलाई करिब एक बर्ष पछि पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका १६ का अज्ञात पन्थीलाई दाङ देउखुरी जिल्ला अदालतले २०७६ कात्तिक १९ गते १ महिना कैद र ३० हजार रुपैँया जरिमाना तोकेको थियो । अदालतको फैसला पछि फरार रहेका पन्थीलाई खोजतलास गर्ने क्रममा बिहीबार मध्यान्न १२ बजे घोराही उपमहानगरपालिका ३ सर्राबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए । पक्राउ परेका पन्थीलाई आजै दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार