सवारी साधन चले तर यात्रु छैन्, खाली गाडी गुडाउँदै ब्यवसायी

Author Logo..
अनलाइन राप्ती २०७७ असोज १५ गते बिहिवार


विकास डाँगी
दाङ : गत असोज १ गतेबाट लामो तथा मध्यम दुरीका सार्वजनिक सवारी साधन सञ्चालन आएका छन् । लामो समय सम्म घरमै पार्किङ गरि राखेर खिया लागेका सवारी साधन मर्मत गरी संचालन गरेका छन् । त्यो अबधिमा गाडीको किस्ता तिर्न नसक्दा बैँक र साहूहरुसँग लिएको ऋण र ब्याज बुझाउन नसक्दा कयौँ ब्यवसायीहरु डिप्रेसनको सिकार समेत बन्न पुगेका छन् । केहीले आत्महत्या समेत गरेका छन् । सरकारले स्वास्थ्य मापदण्ड पुरा गरेर ५० प्रतिशत भाडा बृद्धि गरेर चलाउन अनुमति दिएको भएता पनि गाडीमा चढ्ने यात्रुहरुको संख्या न्यून छ । यस कारणले पनि सार्वजनिक सवारीका साधन खाली खाली चलाउन बाध्य छन् ।

दाङ – सल्यान बस चलाउँदै आएका चालक एवं श्रम विभागको सदस्य चुडा बहादुर बिकले यात्रुहरु नहुदाँ २/३ पटक नम्बर मिस गरेर बस्दै आएको बताए । उनले स्वास्थ्य मापदण्ड अपनाएता पनि कोरोनाको जोखिम उच्च रहेको समेत बताए । ‘ हामीले स्वास्थ्य सुरक्षा अपनाएर गाडी चलाउने हो । तर अहिले गाडी सबै खाली हुन्छन् । बाटो –बाटोमा यात्रुहरु चढ्ने र झर्ने गर्दछन् । त्यसले गर्दा पनि जोखिम हुन्छ,’ उनले भने,‘ की यात्रुहरु बसपार्कबाट पुरै सिट भरी भएमा बाटोमा नरोकी जाने हो । तर गाडी खाली हुन्छ । खाली गाडी दौडाएर मात्र भएन् । बाटोमा भेटिएका यात्रु हाल्न प¥र्याे ।’

त्यस्तै लामो दुरीको गाडी चालक यज्ञ बहादुर बोहराले गत चैत ११ गतेदेखीको लकडाउन पछि आज पहिलो पटक गाडी काठमाडौँ जान लागेको भएता पनि यात्रुहरु नभएको बताए । गाडीमा स्वास्थ्य सामाग्रीहरु समेत राखीएको भएता पनि यात्रुहरु कमै मात्रमा जाने गरेको उनको भनाइ छ । ‘ अहिले अतिआवश्यक कामकाजको लागी मात्र यात्रुहरु जाने गर्दा सवारी घाटामा चलाउनु पर्ने बाध्यता छ,’ उनले भने,‘ गाडीले कमाए पो साहुँले हामीलाई पैसा दिने हुन् । न कमाए घर बाटा दिने कुरै भएन् ।

सबै भन्दा पिडामा हामी मजदुर छौँ । यत्रो समय लकडाउन हुदाँ हामीले कसैले हेरेन् ।’ अहिले यात्रुहरुको चाप नहुनुमा कोरोनाको महामारी र मौसमका कारणले गर्दा पनि भएको उनले बताए । कोरोना संक्रमण पनि दिनदिनै बढ्दै गएको छ । त्यसमा पनि पानी पर्दा विभिन्न ठाउँमा राजमार्ग अवरुद्ध हुदाँ पनि यात्रुहरु यात्रा गर्न डराउने चाकल बोहराले बताए । ‘ यताबाट पनि खाली खाली जाने हो । उता बाट आउँदा पनि खाली खाली आउने हो । कि गाडीले नम्बर मिस गनु प¥र्याे ।

होइन भने खाली खाली चलाउनु प¥र्याै,’ उनले थपे । यता कोरोना संक्रमण दर बढ्दै गइरहेको अवस्थामा सवारी साधनका चालकहरुले संक्रमणको जोखिमका बिच पनि घर परिवारको दैनिक चलाउनका लागी नियमित काममा फर्किएको बताएका छन् । उनीहरुले कोरोना संक्रमणबाट बच्नका लागी सतर्कता अपनाएर चलाउने गरेको अर्का चालक सुरेन्द्र केसीले बताए । २ जनाको सिटमा एक जना यात्रु राखेर स्वास्थ्य सामाग्रीहरु प्रयोग गर्दै गाडी चलाउँदै आएको उनले बताए । ‘ जोखिम त छ, तर घर परिवार चलाउनको लागी भएता पनि काम त गर्ने प¥र्याे ,’ उनले भने ।

त्यस्तै यात्रुहरु पनि लामो समयपछि गाडीहरु संचालन भएपछि यात्रा गर्न पाउँदा खुशी भएका छन् । दाङबाट काठमाडौँ जान लागेको यात्रु असिम धितालले कोरोना महामारीको बेलामा यात्रा गर्दाै जोखिम भएता पनि गाडीहरुले सरकारले भने अनुसार नै २ जनाको सिटमा एक जना र स्वास्थ्य सुरक्षा सामाग्रीहरु दिएको उनले बताए । त्यस्तै दाङका बसपार्कबाट छुट्ने सवारीका यात्रुलाई दैनिक जसो बस बाहिर माक्स बितरण गर्ने र बस भित्र लगेर सेनिटाइज गर्ने यात्रुलाई सचेतना मुलक कुराहरु जानकारी दिने र चालक सचेत गराउने गरेको घोराही घोराही काउन्टरका प्रशासक इञ्चार्ज जनक पुनले बताए ।

उनले बाहिरबाट आएका गाडी र जाने गाडीहरुलाई स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार नै संचालन गर्न दिएको समेत बताए । दाङमा करिब आधा दर्जन जति प्रालीहरुले लामो तथा छोटो दुरीमा सवारी संचालन गर्दै आएका छन् । तर अहिले ति प्रालीहरुले यात्रु अनुसार गाडीहरु संचालन गर्ने गरेको त्रिशिद्धेश्वर राप्ती सेवा यातायात प्रालिका काउन्टर लेखा इञ्चार्ज सुवास पुनले बताए । ‘ हामीले हाम्रो प्रालीको गाडीमा राज्यले दिएको मापदण्ड अनुसार यात्रुहरु पुगेपछि अर्काे प्रालीको गाडीलाई दिन्छौँ,’ उनले भने,‘ अहिले मुश्कीलले एउटा प्रालीले एउटा गाडी पठाउने गरेका छौँ ।’

यता यातायात ब्यवसायीहरुले भने राज्यले सवारी साधन संचालन गर्ने दिएको भएता पनि अहिले करिब २०÷२५ प्रतिशत गाडीहरु मात्र संचालनमा आएको बताएका छन् । करिब ६ महिना सम्म गाडीहरु बन्द हुदाँ ति गाडीहरु मर्मत गर्ने पैसा समेत गाडी धनीसंग नहुदाँ ति गाडीहरु संचालनमा नआएको त्रिशिद्धेश्वरी राप्ती सेवा यातायात प्रालीका अध्यक्ष सुरेश हमालले बताए । ‘ लामो समय सम्म गाडीहरु घरमै थन्किदाँ विग्रीएका छन्,’उनले भने,‘ ति गाडीहरु मर्मत नगरे सम्म चल्ने अवस्था छैन् । मर्मत गर्नको लागी पनि ब्यवसायीहरुसंग पैसा छैन् । न त बैंकले ऋण दिन्छ ।

न त अन्य साहुले नै पत्याउने अवस्था छ । त्यसैले ब्यवसायीहरुलाई राज्यले न्युनतम दरमा कम्तिमा २ लाख सम्म ऋण दिनु पर्ने हाम्रो माग छ ।’त्यसैगरी अहिले गाडीमा सेजिटाइजर , मास्कहरु राखीने गरीएको भएता पनि मास्कको पैसा यात्रुहरुबाट लिने गरेको उनले बताए । त्यसैगरी अध्यक्ष हमालले राज्यले दिएको मापदण्ड अनुसार मात्र यात्रुहरु राख्ने गरेको भएता पनि त्यसबाट ब्यवसायीहरु घाटामा जाने भएकाले ४० सिटको गाडीमा ४० जना यात्रुहरु राख्न र भाडाँ दर पनि बृद्धि नगरी पुरानै हुनु पर्ने बताए । ‘ राज्यले यात्रु आधा राख्ने र भाडाँ पनि आधा बृद्धि गर्दा ब्यवसायी झन समस्यामा पर्दछन् ।

त्यसैले अब हामी ४० जना यात्रु राखेर पुरानै भाडाँ लिएर गाडी चलाउँछौँ,’उनले भने,‘ हाम्रा सवारी साधनमा यात्र गर्ने निम्मन वर्गीय ब्यक्तिहरु हुन् । अहिलेको यो संक्रमणकालीन अवस्थामा बढि पैसा लिनु भनेको यात्रुप्रति शोषण गरेको हुन्छ । त्यो पैसाले पनि हामी सवारी साधन चलाउन सक्ने अवस्थामा हुदैनौँ ।

’ ७२ सिटे हवाइ जहाजहरुले पुरै यात्रुहरु बोकेर सय प्रतिशत भाडा लिएर सेवा दिदाँ कोरोना संक्रमण नहुने, तर हाम्रा गाडीहरुले ४० जना यात्रुहरु बोक्दाँ कोरोना संक्रमण बढ्ने भनेर राज्यले विभेद्कारी निर्णय गरेको र त्यो तत्काल फिर्ता लिन पर्ने समेत उनले बताए । त्यसैगरी दाङबाट काठमाडौँ चल्ने गाडीहरुले कमाउने भन्दा उल्टै घाटा लगाएर आउने गरेको उनले बताए । ‘ एक जना ब्यवसायीको गाडी दाङबाट काठमाडाँै र काठमाडाँैबाट दाङ आउदाँ करिब २८ सय घाटा लगाएर आएको थियो । अब त्यो पैसा ब्यवसायीले कसरी तिर्ने ?,’उनले भने ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार