नेपालमा बिहीबार थप १९ सय ११ जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ असोज १५ गते बिहिवार

काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च देखिएको छ । बिहीबार थप १९ सय ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप १९ सय ११ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ ।

संस्थागत आइसोलेनमा प्रदेश १ मा ४ सय १३, प्रदेश २ मा ५ सय ९२, बागमती प्रदेशमा ७ हजार ६ सय ८८ र गण्डकी प्रदेशमा ४ सय ८१ जना, प्रदेश ५ मा ८ सय ६३, कर्णाली प्रदेशमा ३ सय ३६ र सुदुरपश्चिम प्रदेशमा ३ सय ८८ गरी देशभरी १० हजार ७ सय ६१ जना रहेका छन् । यस्तै होम आइसोलेसनमा प्रदेश १ मा १ हजार ६ सय, प्रदेश २ मा ५ सय ८३, बागमती प्रदेशमा ६ हजार ६ सय ४७ र गण्डकी प्रदेशमा ५ सय ३२ जना , प्रदेश ५ मा १ हजार २ सय ८१, कर्णाली प्रदेशमा २ सय ६५ र सुदुरपश्चिम प्रदेशमा १ सय ६१ गरी देशभरी ११ हजार ६९ जना होम आइसोलेसनमा रहेका छन् ।  यस्तै पछिल्लो २४ घन्टामा थप ९ सय ६१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५७ हजार ३ सय ८९ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार