• २०७७ कार्तिक ७ गते शुक्रवार

धार्मीक तथा पर्यटकीय स्थल हर्षेडाडाँ

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २७ गते मङ्गलवार

देउखुरी दाङ  :  लुम्विनी प्रदेशको राजधानीको केन्द्र रहने राप्ती गाउँपालिकाको वडा नं २ मा रहेको धार्मीक तथा पर्यटकीय स्थल हर्षेडाडाँ हेर्न लायक स्थानको रुपमा रहेको छ ।  लालमटियाँ चोक देखी उत्तरमा रहेको यो हर्षेडाडाँ क्षेत्र धार्मीक रुपमा पवित्र मन्दिर तथा हेर्न लाएक ताल तलैया, वन जंगल, पार्क रहेको क्षेत्र हो ।  सामुदायिक वन, स्थानिय नागरिक तथा स्थानिय सरकारको लगानीमा संरक्षण तथा सम्वर्धन गरिएको यस क्षेत्रको अवलोकनले तनाव दुर भै आनन्दीत मन हुने सो क्षेत्रमा भ्रमण गर्ने ब्यक्तिहरुको भनाइ रहेको छ ।

बन्य पैदावार तथा बन्यजन्तुको संरक्षणका लागि पनी हर्षेडाडाँ क्षेत्रको संरक्षण गरिदै आएको छ । निशुल्क रुपमा प्रबेश गर्न पाईने सो क्षेत्रमा दाताहरुले विभिन्न भौतिक संरचना समेत निर्माण गरिसहयोग गरेको अवस्था छ ।  लालमटियाँ चोक देखी उत्तर करिव १ किलो मिटर उत्तरमा पर्ने हर्षेडाडाँ धार्मीक तथा पर्यटकीय स्थल जाने बाटो गाउँपालिका तथा वडा कार्यालयको बजेटमा कालोपत्रे समेत गरिएको छ ।
धर्म कर्म गर्न, मन बहलाउन,पीकनिक खान, शान्त बातावरणमा रमाउन, तथा साथी भाई संग हिडडुल गर्न धार्मीक तथा पर्यटकीय स्थल हर्षेडाडाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार