• २०७७ कार्तिक ७ गते शुक्रवार

घोराही र बबईमा विद्यालय बन्द

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २५ गते आइतवार

दाङ :  दाङको घोराही उपमहानगरपालिकाले कोरोना संक्रमण र जोखिम बढेपछि २० दिन सामुदायिक र संस्थागत विद्यालयमा सञ्चालन भैरहेको शिक्षण सिकाइ क्रियाकलाप बन्द गर्ने निर्णय गरेको छ । नगरका कार्यबहाक प्रमुख भरतमणि अर्यालको अध्यक्षतामा आइतवार बसेको शिक्षा समितिको बैठकले विद्यालय २० दिन बन्द गर्ने, कक्षा ११ को परिक्षा स्थगित गर्ने निर्णय गरेको छ । साथै शिक्षा महाशाखा एवं विद्यालयहरुले भने दैनिक प्रशासनिक कार्यलाई भने निरन्तरता दिने निर्णय गरेको छ ।

त्यस्तै बबई गाउँपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत बिद्यालय पुनः बन्द भएका छन् ।कोरोना भाइरस महामारीको कारण लामो समय देखि बन्द भएर गत असोज ११ गतेदेखि सञ्चालन हुँदै आएका विद्यालय समुदायस्तरमा छिटफुट रुपमा कोरोना भाइरस संक्रमण देखिएकोले विद्यार्थीहरुको स्वास्थ्यलाई ध्यानमा राखि आइतवार असोज २५ गतेदेखि अर्को सुचना जारी नभए सम्म बिद्यालय बन्द गर्ने निर्णय भएको बबई गाउँपालिका शिक्षा शाखाले सुचना जारी गरी जानकारी दिएको छ । बैकल्पिक शिक्षण सिकाइ रेडियो शिक्षा शिक्षण कार्यक्रम भने पुर्व निर्धारित समय तालिका अनुसार साबिक बमोजिम जारी रहने गाउँपालिकाका शिक्षा शाखा प्रमुख मोहन दाहाल जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार