• २०७७ कार्तिक ७ गते शुक्रवार

आईपीएलः दिल्लीसँग ४६ रनले राजस्थान रोयल्स पराजित

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २४ गते शनिवार

काठमाडौँं  :  युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्स तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । युएईको सारजाह क्रिकेट स्टेडियममा शुक्रबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

दिल्लीले दिएको १ सय ८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थान १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३८ रनमा समेटियो । राजस्थानका राहुल टेवाटियाले सर्वाधिक ३८ रन बनाए । यस्तै याशभी जैशवालले ३४, कप्तान स्टिभ स्मिथले २४, जोस बट्लरले १३ बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । राजस्थानलाई सस्तैमा समेट्न दिल्लीका कागिसो राबडाले ३ विकेट लिए । यस्तै रविचन्द्र आश्विन र मार्कुस स्टोनिसले २÷२ विकेट लिए ।

अक्षर पटेल, हर्सल पटेल र एन्रीच नोर्ट्जेको नाममा १/१ विकेट रह्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । दिल्लीका लागि शिम्रन हिटमायरले सर्वाधिक ४५ रन बनाए । यस्तै मार्कुस स्टोनिसले ३९, श्रेयस आयरले २२, पृथ्वी श १९ र शिखर धवन ५ रनमा आउट भए ।

अक्षर पटेल १७ रन बनाउदा हर्सल पटेलले १६ रन जोडे । राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए । यस्तै राहुल टिवाटिया, एन्ड्रयु टेइ र कार्तिक त्यागीले १÷१ विकेट लिए । जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ६ खेलमा १० अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार