• २०७७ कार्तिक १२ गते बुधवार

त्रिशिद्धेश्वरी र सिद्धार्थको बिजयी सुरुवात

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २३ गते शुक्रवार


लक्ष्मण बस्नेत
दाङ  :  दाङको तुलसीपुरमा शुक्रबार देखि सुरु ईन्टर दाङ भ्याली टि – २० क्रीकेट प्रतियोगिता २०७७ मा त्रिशिद्धेश्वरी स्पोर्ट्स क्लब तुलसीपुर र सिद्धार्थ एकाडेमी घोराहीले बिजयी यात्रा सुरु गरेका छन् । हेल्पिङ सौल दाङको आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन खेलमा पब्लिक ज्ञान ज्योती एकाडेमी तुलसीपुरलाई ४ रनले पराजित गर्दै त्रिशिद्धेश्वरीले बिजयी यात्रा सुरु गरेको हो । त्यस्तै गोरखा मा.वि. तुलसीपुरलाई १५ रनले पराजित गर्दै सिद्धार्थ एकाडेमीले बिजयी यात्रा सुरु गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको त्रिशिद्धेश्वरीले २० ओभर को समाप्तीमा आफ्ना ८ विकेटको क्षतिमा ८२ रन बनाएको थियो । जसमा शंकर बुढाले सर्वाधिक ३० रनको योगदान दिए, भने तिलक पौडेल १४ र अनिस आचार्यले १३ रन जोडेका थिए । बलिङ तर्फ ज्ञान ज्योती एकाडेमीका नबराज र दिवान पुनले समान २/२ विकेट लिएका थिए । ८३ रनको बिजयी लक्ष्य पच्छ्याएको एकाडेमी १९ दशमलव २ ओभरमा अलआउट भएको थियो । जसमा दिवान पुनले १७ र समीर न्यौपाने १५ बाहेक अन्य ब्याट्सम्यानले डबल फिगर बनाउन सकेनन् ।

बलिङमा त्रिशिद्धेश्वरीका करण सार्कीले शानदार बलिङ गर्दै ह्याट्रिक गरे भने, स्माईल अन्सारीले महत्वपूर्ण ३ बिकेट लिएका थिए । खेलमा उत्कृष्ट बलिङ गर्दै ह्याट्रीक गर्न सफल सार्की म्यान अफ द म्याच घोषित भएका थिए । यसैबिच शनिवार बिहान ८ बजे हुने पहिलो खेल मा पुरन्धारा क्रीकेट क्लब र आयोजक हेल्पिङ सौल भिड्ने छन् ।

झण्डै एक साता चल्ने प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ, भने खेलहरु लिग कम नकाउटका आधारमा खेलाईने छ । प्रतियोगिताको बिजेता तथा उपबिजेता टिमले क्रमशः नगद २५ र १० हजार ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्ने छन् । त्यस्तै प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ खेलाडीहरुलाई पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार