• २०७७ कार्तिक ७ गते शुक्रवार

भालुवाङमा चहलपहल बढ्दै

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २२ गते बिहिवार

दाङ :  लुम्बिनी प्रदेशको राजधानी बनेको दाङको भालुबाङ बजारको स्वरुप नै फेरीएको छ । बुधवार नेपालको झन्डाहरु लगाइएको छ,भने स्वागत समेत बनाइएको छ । साथै उत्सव तथा स्वागत कार्यक्रम गरिएको छ । अहिले प्रदेश ५को राजधानी दाङमा आइसके पछि भालुवाङका नागरिकहरु धेरै खुसी त छन् । तर राजधानीसंगै भौतिक पुर्वाधारसंगै त्यहाँ रहेका स्थानियका समस्या समाधान कहिले हुन्छ भन्ने पखाइमा छन् । कतिपय नागरिकलाई भौतिक पुर्वाधार विकासको चिन्ता छ ।

उद्योगी ब्यवसायलाई औद्योगिक विकासको चिन्ता छ, भने लालपुर्जा नभएकालाई लालपुर्जाको चिन्ता छ । त्यति मात्र नभइ विद्यार्थीलाई सुबिधा सम्पन्न स्कुल तथा कलेजको चिन्ता छ । यस्तै समस्याको समाधान भालुवाङका नागरिकहरुले चाहेका छन । स्थानिय रत्ना श्रेष्ठले स्थायी राजधानी भालुवाङमा भनेर नपुग्ने भन्दै २०३४ सालदेखी बसोबास गर्दै आएका यहाँका नागरिकहरुलाई लालपुर्जाको ब्यवस्थादेखी धेरै कामहरु गर्नु पर्ने उनले बताइन् ।

‘ भालुवाङ ब्यापारी केन्द्र बनेको छ । तर अहिले सम्म हातमा लालपुर्जा छैन्,’ उनले भनिन्,‘ हामीले बेला बेलामा डर त्रास धम्कि दिदैँ आइएको थियो । तर हामीले कुनै पनि जंगल फरानी गरेर बसेका थिएनौँ । हामीले यहाँ राजधानी आउँछ, भनेर पनि बसेका होइनौँ । तर अब राजधानी आयो सबै समस्या समाधन हुन्छ भन्ने विश्वास छ । ’

त्यस्तै अर्का स्थानिय दशरथ घिमीरेले लुम्बिनी प्रदेशको राजधानी दाङ बनेकोमा सबै खुशी भएको बताए । उनले राजधानी तोकिए पछि यहि ठाउँबाट सेवा दिनु पर्ने बताए । ‘ राजधानी त दाङको भालुवाङ भयो , तर यहाँ अहिले भौतिक संरचना छैनन् भने, पुरानै ठाउँबाट सेवा दिए । त्यो राजधानी कागजमा मात्र हुन सक्छ,’उनले भने,‘ त्यसैले नयाँ ठाउँमा आएको राजधानीसंगै भौतिक संरचनाहरु पनि संगसंगै बनाउनु पर्छ । ’ यस ठाउँमा राजधानी भएको हुदाँ अव यस ठाउँको मुहार फेरीने समेत उनले बताए ।

त्यस्तै अर्की स्थानिय गीता न्यौपानले अब यस ठाउँको धेरै कुराहरु सुधार हुनेमा विश्वस्त रहेको बताइन् । शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रको विकास हुने र जसले गर्दा यहाँका किसानका छोराछारीहरु उच्च शिक्षाको लागी बाहिर जान बाध्यता हट्ने समेत उनले बताइन् । त्यसैगरी प्रदेशको राजधानी दाङको भालुवाङमा हुदाँ प्रदेश सरकारले सबै जतनालाई न्याय गरेको जस्तो भएको देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले बताए । त्यसैगरी उनले प्रदेशको राजधानी भएको ठाउँले मात्र नभइ प्रदेशका नाम लुम्बिनी हुदाँ १२ वटै जिल्लाका जनतामा खुसियाली छाएको समेत बताए । ‘ अहिले दंगालीलाई भाडाँ बनाउन काचो माटो दिएको र यसबाट कस्तो भाडाँ कति राम्रो बनाउने भन्ने चुनौति थपिएको छ,‘ उनले भने ।

लामो समय सम्म बिबादित रहेको प्रदेश ५ को राजधानीको लागि प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानि दाङको भालुवाङ बजारलाई केन्द्र राखेर राप्ती र गढवा गाँउपालीका र अर्घाखाँचीको सितगंगा नगरपालिकालाई जोडेर स्थायी राजधानी बनाउने प्रस्ताव असोज १६ गते प्रदेश सभामा पेश गरेको थियो । यहि प्रस्ताव अनुसार असोज २० गते स्थायी राजधानी पनि बहुमतबाट पारीत भयो । राजधानी पारीत भए पश्चात काम कसरी गर्ने भन्नेमा सांसद लागेको र एक बर्ष भित्रै डिपिआर गरी काम अगाडि बढाउने प्रदेशसभा सदस्य इन्द्रजित थारुले बताए ।
‘ एक बर्षभित्र गुरुयोजना तयार हुन्छ, अर्काे बर्षबाट भौतिक पूवार्धार निर्माण हुन्छ,’उनले भने,‘ स्थायी राजधानी निर्माण गरीसकेपछि मुख्यमन्त्री पोखरेलले भने जस्तै नयाँ आधुनिक शहर बन्ने छ । प्रशासन क्षेत्र, शिक्षा, होटल, स्वास्थ्य, ब्यापार,ब्यवसाय, पर्यटक, कृषि जस्ता क्षेत्रहरुलाई ब्यवस्थित बनाएर निर्माण हुन्छ ।’ त्यस्तै प्रदेदसभा सदस्य दामा शर्माले करिब ३ बर्ष पछाडी १२ वटै जिल्लाका नागरिकहरुलाई पाएका पर्नै ठाउँमा प्रदेशको राजधानी भएको बताइन् ।

‘ प्रशासनिक सुगम्ता,सबैको हात हातमा सत्ता, सबैलाई सम्बृद्धि दिनको लागी यो ठाउँमा आइपुगेका छौँ,’उनले भनिन्,‘ दाङको भालुवाङमा आइपुग्दा सबैले मेरो प्रदेश भन्ने फिल गर्नुभएको छ । त्यसैबाट सबैलाई धेरै उर्जा र उत्साह थपिएको छ ।’ त्यसैगरी सांसद शर्माले प्रदेशका ६ वटा उपमहानगरलाई मिलाएर ३ वटा महानगरपालिका बनाउने मेगा सिटीको अवधारणा प्रदेश सरकारले लिएको समेत बताइन् । त्यसैगरी प्रदेश सकारले शिक्षा स्वास्थ्य लगाएतका क्षेत्रहरुमा समानुपाति र समुन्यायिक हिसाबले विकास गर्दै आएको समेत उनको भनाइ छ । ‘ लुम्बिनी जिल्ला अस्पताललाई प्रादेशिक अस्पताल बनाएको छौँ ।

त्यसैलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय अस्पताल बनाउनको लागी डिपीआर तयार गर्न अगाडी बढाएका छौँ,’ उनले भनिन्,‘ रुपन्देहीको नवलपुर सम्म र कपिलबस्तु सम्मको करिडोरलाई बृत्त तथा पर्यटकीय राजधानीको रुपमा विकास गर्ने भनेर प्रदेश सरकार अगाडी बढेको छ ।’ त्यसैगरी उनले भालुवाङको विकासमा धेरै समय नलाग्ने समेत बताइन् । उनले भनिन्,‘ अहिले राजधानी तोकिएको ठाउँमा कास फुलेर सेताम्मे बनेको छ । राप्तीको दुइ तिरको किनारलाई तटबन्ध गरी हरियाली क्षेत्र निर्माण गरेर र त्यसको बचेको ठाउँमा राजधान िबनाउँने भनेका छौँ । कास उम्रिएको ठाउँमा राजधानी ? यो सम्भव छैन्, भनेर धेरैले भन्नुभएको छ । तर यहि ठाउँमा नमुना राजधानी बन्छ । ’

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार