• २०७७ कार्तिक १२ गते बुधवार

आईपीएल क्रिकेट : मुम्बई इण्डियन्सद्वारा सनराइजर्स हैदराबाद पराजित

Author Logo..
अनलाइन राप्ती २०७७ असोज १८ गते आइतवार

काठमाडौँ  : १३ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सद्वारा सनराइजर्स हैदराबाद ३४ रनले पराजित भएको छ । मुम्बईले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा सात विकेट गुमाएर १ सय ७४ रन मात्र बनाउन सक्यो ।

हैदरावादको लागि डेभिड वार्नरले ६० रन बनाए पनि जितको लागि पर्याप्त भएन । मुम्बईका टे्रन्ट बोल्ट, जेम्स प्याटिन्सन र जसप्रित बुमराहले समान २–२ विकेट लिए । यसअघि यूएईको शारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २ सय ८ रन बनायो । उसका लागि क्विन्टन डी ककले ६७ रन बनाए । यो जितसँगै ६ अङ्कका साथ मुम्बई शीर्ष स्थानमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार