• २०७७ कार्तिक १२ गते बुधवार

खुल्ला क्रिकेटको उपाधी त्रिशिद्धेश्वरीलाई

Author Logo..
अनलाइन राप्ती २०७७ असोज १७ गते शनिवार


लक्ष्मण बस्नेत :  खुल्ला क्रिकेट प्रतियोगिता २०७७ को उपाधी त्रिशिद्धेश्वरी स्पोर्ट्स क्लब तुलसीपुरले हात पारेको छ । स्यालुट नेपाल युवा क्लब तुलसीपुर ९ बेलुवाको आयोजनामा संचालित प्रतियोगितामा सहभागी ९ टिम मध्य अंक तालिकाको शिर्ष स्थानमा रहदै त्रिशिद्धेश्वरीले उपाधी हात पारेको हो । उपाधीसंगै उसले नगद २० हजार तथा कप जितेको छ । स्थानिय स्तरमा क्रिकेट खेलको विकास गर्ने उदेश्यका तुलसीपुर ९ को गौरीचौर खेल आयोजना गरिएको प्रतियोगिता ९ टिमको सहभागिता रहेको थियो ।

यसैबिच सेलुट नेपाल युवा क्लबका अध्यक्ष लक्ष्मण शर्माको अध्यक्षतामा भएको प्रतियोगिता समापन समारोहमा बेष्ट बलर त्रिशिद्धेश्वरी स्पोर्ट्स क्लबका स्माईल अन्सारी,बेष्ट ब्याट्सम्यान नोबेल एकाडेमीका सुदिप नेपाली र म्याच अफ सिरिज स्यालुट नेपाल युवा क्लबका युवराज ओलीलाई घोषित गरिएको थियो ,भने विजेता टिम तथा खेलाडीलाई कप,प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो ।

सो अबसरमा क्लबका अध्यक्ष कमल डाँगीले ५ वर्ष को कलिलो उमेरमै क्रिकेट खेलाडी बन्ने इच्छा राखेर ब्याटिङको अद्भुत क्षमता बोकेका तुलसीपुर ९ बेलुवाका बिमोचन थाप लाई क्रीकेट ब्याट र बल प्रदान गरे ।  कार्यक्रमको संचालन टेवुल टेनिस संघका उपाध्यक्ष अरुण लहरे गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार