• २०७७ कार्तिक ७ गते शुक्रवार

शिर्जु केसी र नबिन विश्वकर्माको आधुनिक गीत : ‘संगै जिउनु छ’ सार्वजनिक

Author Logo..
अनलाइन राप्ती २०७७ असोज ९ गते शुक्रवार


काठमाडौं :  पछिल्लो समयमा म्युजिक भिडियोमा आफ्नो छुट्टै पहिचान बनाउन क्रियाशील मोडेल शिर्जु केसी र नबिन विश्वकर्मा अभिनित आधुनिक गीतसंगै जिउनु छू शुक्रवार सार्वजनिक भएको छ । सन्देश विश्वकर्माको शब्द तथा संगीत विश्वकर्माको स्वर रहेको उक्त भिडियो एरेन्ज बिशाल निरौलाले गरेका छन्, भने रेकर्डिङ उत्तम रानाले गरेका थिए ।

काठमाडौं अनामनगर स्थित अलङ्कार रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको सो गीतको छायांकन अर्विन्द बस्नेतले गरेका थिए । यसैगरी  ३ दर्जन भन्दा बढि म्युजिक भिडियो र १ दर्जन भन्दा बढि सट मुभी डाइरेक्सन गरेका झग्गु भण्डारीले भिडियो सम्पादन तथा निर्देशन  गरेका हुन् । ए वन टेलिभिजन नामक अफिसिएल यूट्यूब च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतमा गायिका केसी, गायक विश्वकर्मा, अर्जुन विश्वकर्मा लगाएतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार