नेपालमा १५ सय ५९ जना कोरोना संक्रमित थपीए, १ हजार ५७ जना डिस्चार्ज

Author Logo..
अनलाइन राप्ती २०७७ असोज १४ गते बुधवार

काठमाडौं :  नेपालमा पछिल्लो २४ घण्टामा थप १५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप १५ सय ५९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।

बुधवार आइसियुमा २ सय १ र भेन्टिलेटरमा ३० जना संक्रमितको उपचार भइरहेको छ । यस्तै संस्थागत आइसोलेसनमा देशभरी १० हजार ८७ र होम आइसोलेसनमा १० हजार ८ सय ४ जना संक्रमितको उपचार भइरहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल सम्म कोरोनामुक्त हुनेको संख्या ५६ हजार ४ सय २८ जना पुगेको छ ।

त्यस्तै कोरोना भाइरसबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ पुरुष र २ महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंका २ महिला सहित ३ जना रहेका छन । मन्त्रालयका अनुसार काठमाडौंमा ३४ र ८६ वर्षिया महिला तथा ५४ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै सुनसरीमा ६० वर्षिय पुरुष, मोरङमा ६० वर्षिय पुरुष, सप्तरीमा ३९ वर्षिय पुरुष र रुपन्देहीमा ८२ वर्षिय पुरुषको मृत्यु भएको हो । यो सँगै नेपालमा आजसम्म मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार