ज्ञानदीपका केसी बिबिएसमा जिल्ला प्रथम

Author Logo..
अनलाइन राप्ती २०७७ असोज १४ गते बुधवार


तुलसीपुर   : त्रिभुवन विश्वविद्यालयले भर्खरै सार्वजनिक गरेको बिबिएस प्रथम बर्षको नतिजामा ज्ञानदीप कलेज तुलसीपुरका नारायण केसीले जिल्लामै उत्कृष्ट नतिजा ल्याएको कलेजले दाबी गरेको छ । कलेज प्रमुख सुरेन्द्र जिसीका अनुसार केसीले जिल्लामै सबैभन्दा धेरै ६९.२० प्रतिशत अंक ल्याएर जिल्लामै उत्कृष्ट नतिजा ल्याएका हुन् ।

“विगतदेखि नै हामीले नतिजामा लिड गर्दै आएका थियौ, त्यसैका निरन्तरता स्वरुप यो वर्ष पनि हामीले नै लिड गर्न सफल भएका छौ” सहायक कलेज प्रमुख मनोज केसीले वताए । उनले उत्कृष्ट नतिजा ल्याउनका लागि सहयोग गर्ने सबैप्रति आधार समेत दिएका छन् । ज्ञानज्योति एजुकेशन फाउन्डेसनले सञ्चालन गरेको ज्ञानज्योति मावि र ज्ञानदीप कलेजले जिल्लामै निरन्तररुपमा उत्कृष्ट नतिजा ल्याउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार