बुवाको उपचारका लागी आर्थिक सहयोग गरी दिन छोराद्धारा अपिल

Author Logo..
अनलाइन राप्ती २०७७ असोज १४ गते बुधवार


दाङ : दाङको बंगलाचुली गाउँपालिका ३ ठुलीचौरका सुर्य बुढाथोकीले बुवाको उपचारका लागी सहयोग गरिदिन सबैलाई अपिल गरेका छन् । विगत १२ वर्षदेखि बुवा बिष्णु बहादुर बुढाथोकी मुटुको विरामी भएका बुवाको उपचारको लागी सहयोग गरी दिन उनको छोराले सबैलाई अनुरोध गरेका छन् । अहिले बुवाको मुटुको भल्व परिवर्तन गर्नु पर्ने भएको आर्थिक अभावका कारण समस्या भएको उनले बताए ।

भल्व परिवर्तका लागि शहिद गंगालाल हृदयरोग केन्द्र काठमाडौँमा अप्रेशन गर्नु पर्ने भएको आर्थिक अभावका कारण समस्या भएको उनले बताए । अप्रेशसनको लागी ३ लाख बढी खर्च लाग्ने समेत उनले बताए । उनले आफुहरुको आर्थिक अवस्था कम्जोर रहेको र आर्थिक सहयोग गरी आफ्नो बुवाको जीवन रक्षाका लागि सबैसंग सहयोगको अपिल गरेका छन् । यदि सहयोग गर्न चाहाने ब्यक्तिहरुले विरामी विष्णु वा छोरा सुर्यलाई सम्पर्क गर्न सक्नु हुने छ । जसका लागी मोबाईल नम्बर ९८४९२७१८३९ र ९८१२८६३८३८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार