वामदेव गौतमविरुद्ध सर्वोच्चमा दायर रिटमाथि आज बहस हुँदै

Author Logo..
अनलाइन राप्ती २०७७ असोज १४ गते बुधवार

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमको राष्ट्रियसभा सदस्य नियुक्तिका विषयमा सर्वोच्च अदालतमा परेको रिटमाथि आज बहस हुँदैछ।  गौतमको पक्षबाट नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षसहित १३ जना अधिवक्ताले बहस गर्ने सर्वोच्च अदालतका सुचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए।  वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, राघवलाल वैद्य, प्रेमबहादुर खड्का, चन्द्रकान्त ज्ञवाली, कुमार शर्मा आचार्य लगायतले बहस गर्ने भएका हुन्।

यसका साथै गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्ने सरकार र सोको सिफारिस गर्ने पार्टी नेकपाले समेत छुट्टै अधिवक्ता यो मुद्धाको बहसमा खटाउने भएको छ। सरकारी कार्यालयका तर्फबाट महान्यायधिवक्ताको छुट्टै टोलीले गौतमको पक्षमा बहस गर्नेछ। मुद्दा दायर गर्ने अधिवक्ता दिनेश त्रिपाठीका पक्षबाट ९ भन्दा बढी वकिलले बहस गर्नेछन्। गत भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रियसभाको रिक्त पदमा मनोनित गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको थियो। 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार