दाङमा ११ सय ४५ संक्रमित मध्य ९७६ जना डिस्चार्ज

Author Logo..
अनलाइन राप्ती २०७७ असोज १४ गते बुधवार

दाङ : दाङमा मंगलवार सम्म १७ हजार १०९ जनाको स्वाब परीक्षण गर्दा ११ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु मध्य २४७ जना महिला र ८९८ जना पुरुषहरु रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । त्यस्तै वितेको २४ घण्टामा दाङमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङका कोभिड १९ फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

त्यस्तै हाल सम्म ९७६ जना डिस्चार्ज भएका छन्, भने १६७ जना संक्रिय संक्रमितहरु विभिन्न आइसोलेसन सेन्टर तथा होम आइसोलेसनमा रहेका छन् । त्यस्तै जिल्लामा सबैभन्दा बढि २० देखी ४० बर्ष सम्म उम्मेर भएका ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । हाल सम्म ५ बर्ष सम्मका १३ जना, ५ देखी १० बर्ष सम्म १४ जना, १०देखी २० बर्ष सम्मका १८४ जना रहेको फोकल पर्सन चन्दले जानकारी दिए ।

त्यस्तै २० देखी ४० बर्ष सम्मका ७२८ जना, ४० देखी ५० बर्ष सम्मका १२५ जना, ५० देखी ६० बर्ष सम्मका ६७ जना र ६० बर्ष भन्दा माथीका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए । त्यस्तै जिल्लामा सबै भन्दा बढि नागरीकहरु बढि संक्रमित भएका छन् । नागरीकहरु ९० प्रतिशत, स्वास्थ्यकर्मी ३८ प्रतिशत, नेपाली सेना ३४ प्रतिशत, कर्मचारी ४१ प्रतिशत, जनप्रतिनिधी ७ प्रतिशतमा संक्रमण भएको फोकल पर्सन चन्दले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार