बबईमा ५३७ घरलाई खरको छाना मुक्त गरीदै

Author Logo..
अनलाइन राप्ती २०७७ असोज १३ गते मङ्गलवार

प्रेम केसी

हापुरे :  दाङको बबई गाउँपालिकाले पनि गाउँपालिकालाई खरको छानो मुक्त गर्ने अभियान ल्याएको जनाएको छ । गाउँपालिका भित्र रहेका बाढिपीडित ९६ घर, आर्थिक अवस्था कम्जोर भएका २४१ घर र गाउँपालिकाको योजनामा रहेको २ सय घर गरी जम्मा ५३७ घरलाई खरको छाना मुक्त गरी टिनको छाना लगाइने गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडे्लले जानकारी दिए । यसअघि दाङका अन्य पालिकालहरु पनि खरको छानो मुक्त अभियान शुरु गर्दै आएका छन् । एक घरलाई करिब ५० हजार बराबरको टिन प्रदान गर्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार