मौरी पालक किसानहरुलाई तालिम

Author Logo..
अनलाइन राप्ती २०७७ असोज १३ गते मङ्गलवार

दाङ :  महिला सामुदायिक लघुवित्त वित्तिय संस्था श्रीगाउँ शाखाले मौरी पालक किसानहरुलाई एक महिने तालिम दिएको छ । पछिल्लो समय मौरी पालनर्फ किसानहरुको आकर्षण बढ्दै गएपछि उनीहरुलाई मौरीको हेरचाह कसरी गर्ने , कसरी मह उत्पादन गर्ने जस्ता कुराहरुमा एक महिने तालिम दिएको संस्थाले जनाएको छ । शान्तिनगर ७ बुराडाबरका १४ जना मौरी पालक किसानहरुलाई तालिम दिइएको थियो । गत भदौँ ११ गतेदेखी शुरु भएको तालिमको मंगलवार एक कार्यक्रम गरी समपान गरीएको छ ।

तालिममा सहभागी जेष्ठ सदस्य लक्ष्मण केसीको अध्यक्षतामा एवं शान्तिनगर गाउँपालिका वडा नंं. ७ का वडाध्यक्ष पिमलाल वलीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी वलीले पछिल्लो समय वित्तिय संस्थाहरुले गाउँका धेरै दिदी बहिनीहरुलाई आयआर्जन गर्नको लागी सहयोग गरेको भन्दै खुशी ब्यक्त गरे ।

त्यसैगरी उनले सीकेको सीपलाई ब्यवहारमा लागु गर्नसकेमा मात्र त्यसले सार्थकता पाउने समेत बताए । त्यसैगरी उनले स्थानिय सरकारले पनि पछिल्लो समय कृषि क्षेत्रमा लागेका कृषकहरुलाई अनुदान दिदै आएको बताए । प्रशिक्षार्थी कैलाश पाण्डेको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा प्रशिक्षार्थी राधा अधिकारी, उद्यम विकास कार्यक्रमका बजार ब्यवस्थापक कमलाकान्त दाहाल, लगाएतकाले मन्तब्य राखेका थिए । कार्यक्रमको संचालनक शाखाका प्रबन्धक सु्निता नेपालीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार