दुरब्यसनीहरुलाई सिपमुलक तालिम : गर्भनर नकर्मी

Author Logo..
अनलाइन राप्ती २०७७ असोज १३ गते मङ्गलवार


तुलसीपुर : लायन्स क्लब डिष्ट्रिक ३२५ वि २ नेपालका गर्भनर लायन शम्भु नकर्मीले लायन्स कल्वले लागुपद्धार्थ दुरब्यसनी अभियान अन्तर्गत पुनस्थापना केन्द्रमा बसेकाहरुलाई सिपमुलक तालिम सिकाउन लागेको बताएका छन् । उनले सिप सिकाइ आत्म निर्भर गराउने अभियान सुरु गर्न लागेको बताएका हुन् । रिपोर्टस क्लव दाङले तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विभिन्न सामाजिक कार्यहरु गदै आएको लायन्सले देशैभर विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताए ।

उनले दुरब्यसनीमा फसेकाहरुलाई कपडा बनाउने सिप सिकाई देशै भयर यो अभियान थाल्ने बतााए । उनले यो सिपमुलक तालिम पहिलो पटक हेटौडाबाट सुरु गर्न लागेको बताए । लायन्सले अन्य स्वास्थ्य, हरियाली, सरसफाई र कोभिड–१९ का कारण समस्यामा परेका व्यक्तिहरुलाई पनि लकडाउन अवधिभर सहयोग गरेको बताए । लायन्सले सञ्चालन गरेको कोभिड–१९ को संक्रमण रोकथामका लागि स्वास्थ्य सुरक्षाका साथै स्वास्थ्य सामग्रीहरु वितरण र सचेतना कार्यक्रमहरु समेत सञ्चालन गरेको उनले बताए ।

‘कोभिड–१९ को संक्रमण र त्यसबाट बच्न र विभिन्न समस्यामा परेकाहरुलाई लायन्स र लियो क्लवले विभिन्न सहयोगहरु गरदै आएका छौ,’ उनले भने । गर्भनर नकर्मिले आँखा स्वास्थ्य सेवामा विभिन्न कार्यक्रमहरु गदै आएको भन्दै एक हजार जना आँखा दान गर्न चाहाने व्यक्तिहरुको लागि सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको बताए ।

‘ आफनो आँखा दान गर्ने चाहनेहरुको लागि सहमति पत्रमा हस्ताक्षर आँखा दिवसको अवसरमा गर्ने तयारीमा छैं,’ उनले भने । यस अघि निशुल्क आँखाको शल्यक्रिया तथा विभिन्न सामाजिक काम गदै आएको उनले बताए ।

गर्भनर नकर्मीले समाज सेवाका लागि सनातन देखिनै केहि रकम खर्च गर्नुपर्छ भन्ने मान्यता रहेको र सोहि अनुरुप लायन्स लियोका व्यक्तिहरुले विभिन्न समयमा विभिन्न सामाजिक कार्यहरु गदै आएको बताए । रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षता भएको पत्रकार समेलनको सहजिकरण महासचिव विमल गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार