कर्मचारीमा कोरोना संक्रमणपछि तुलसीपुर ४ को वडा कार्यालय ७२ घण्टा बन्द

Author Logo..
अनलाइन राप्ती २०७७ असोज १३ गते मङ्गलवार

तुलसीपुर  :  तुलसीपुर उपमहानगरपालिका वडा नंं ४ नम्वरको वडा कार्यालय सिल गरिएको छ । वडा कार्यालयमा कार्यरत तुलसीपुर ७ निवासी एक महिला कर्मचारीलाई सोमवार कोरोना संक्रमण पुष्टि भएपछि वडा कार्यालयलाई ७२ घण्टाका लागी बन्द गरिएको वडा सचिव लोकमणि पोख्रेलले जानकारी दिएका छन् । उनका अनुसार मंगलवार देखी विहिवार सम्म वडा कार्यालय बन्द हुने भएको छ । यस अघि उनका श्रीमानलाई कोरोना संक्रमण देखीएको थियो । त्यसपछि उनले पनि कोरोना आशंकामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गएर कोरोना परीक्षण  गर्दा रिपोट पोजेटिभ आएको वडा अध्यक्ष बालकृष्ण रानाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार