रुपन्देहीमा मोटरसाइकलको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ असोज १२ गते सोमवार

दाङ :  रुपन्देहीमा मोटरसाइकलको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । सोमबार साझँ करिब साढे ७ बजेतिर रुपन्देहीको सैनामैना नगरपालिका १ बर्माचोक स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु ४२ प ८२०८ नम्बरको मोटरसाइलकले साइकल यात्रीलाई ठक्कर दिदाँ रुपन्देहीको सुद्वोधन गाउँपालिका १ का करिब ५२ बर्षीय राम जिवन चौधरीको मृत्यु भएको ५ नम्बर ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । मोटरसाइकलको ठक्करबाट चौधरी घाइते भएका थिए । उनको लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा उपचारको क्रममा साझँ  करिब ८ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार