५ नम्बर प्रदेशभरी एउटै मापदण्डको चेकिङ बेरिकेट

Author Logo..
अनलाइन राप्ती २०७७ असोज १२ गते सोमवार


शरद रेग्मी
तुललीपुर :  ५ नम्बर प्रदेश प्रहरी कार्यालयले १२ वटै जिल्लामा एउटै मापदण्डको चिकिङ बेरिकेट लागु गरेको छ ।प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले सोमबार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गर्दै ट्राफिक र प्रहरीले आकस्मिक र नियमित चेकजाचलाई थप ब्यबस्थित गर्न एउटै मापदण्ड र एउटै साईजका बेरिकेटहरु सबै जिल्लाहरुमा लागु गरिएको जानकारी गराएको छ ।

कार्यक्रममा ५ नम्बर प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता एवम प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) राजकुमार बैदवारले प्रहरी चेक जाँचका क्रममा नागरिकहरुलाई सास्ती नहोवस भन्ने उदेश्यले एउटै किसिमको बेरिकेट सडकमा राखिएको बताए । कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष नवराज लामिछाने,ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिबबहादुर सिहं,तुलसीपुर उद्योग बाणिज्य सघंका अध्यक्ष बीर बहादुर रावत,मजदुर नेता एवम ब्यबसायी केशब भण्डारी लगाएतले चाडपर्ब नजिकिएसंगै सडकमा हुने चापलाई ब्यबस्थित गर्न सबैक्षेत्रको सहयोग आबश्यक रहेको बताएका थिए ।

यता तुलसीपुर प्रहरीले केहिदिन यता फुटपाथमा जथाभाबी पार्किङ गरि राखिएका मोटरसाइकल र साना गाडिहरुलाई जरीवाना गर्न सुरु गरेको छ । आइतवारदेखी कारबाही प्रक्रिया शुरु गरेको ट्राफिक कार्यालय तुलसीपुरका प्रमुख चन्द्र केसिले जानकारी दिए । सोमबार मात्रै २४ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको र थप २४ वटालाई अनद स्पट कारबाही गरीएको थियो ।
त्यस्तै ट्राफिक नियम उल्लघन गरेको भन्दै २ वटा गाडिमा ह्वील लक लगाइएको छ । यो अभियान एक हप्ता सम्म संचालन हुने छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार