दाङमा झण्डै ५ महिनामा करिब डढे सय ब्यवसाय पलाएन

Author Logo..
अनलाइन राप्ती २०७७ असोज १२ गते सोमवार

दाङ : कोरोना कहरका कारण लकडाउन हुदा झण्डै ५ महिनाको अवधिमा दाङको ब्यापार ब्यबसायलाई ठुलो असर परेको छ । करीव १४६ जना ब्यबसायीहरु पलाएन भएको दाङ जिल्ला उद्योग बाँणिज्य संघले बताएको छ ।  पलाएन हुने हरुमा अधिकांश होटेल ब्यबसायी,पर्यटन ब्यबसायी र फेन्सि ब्यबसायीहरु रहेको दाङ जिल्ला उद्योग वाणिज्यसंघका अध्यक्ष नारायण भुषालले बताए ।

यि ब्यबसायमा आबद्ध करीव ८ सय कर्मचारी पनि रोजगार बिहिन बनेका छन् । तर यस्ता ब्यबसायीहरुको हितका लागि काम गर्न सरकार चुकेको उनले बताए । लकडाउनको अवधिमा ब्यापार ब्यबसाय बन्द हुदा घर भाडा,बैकं ब्याज तथा अन्य बिभिन्न करहरु तिर्ने रकम समेत जम्मा गर्न सकेका छैनन् । यो अबस्थामा टिकीरहन सक्ने अबस्था नदेखिएपछि केही ब्यबसायीहरुले ब्यबसायबाट पलायन हुने निर्णय समेत गरेका छन ।

नेपाल सरकारले ब्यबसायीहरुको पक्षमा राहत हुने कुनैपनि कार्यक्रम ल्याउन नसकेकोले आफुहरु पलायन हुन बाध्य भएको ती ब्यसायीहरुको भनाइ छ । केहि ब्यबसायीले पसल बेचेर ऋण तिर्ने अबस्थामा पुगेका छन् । घोराहीका होटेल ब्यबसायी पदम भन्डारीले करीव ३५ लाखको लगानीमा संचालन गरेको होटल किनेको ६ महिनामै लकडाउन भएपछि होटल ब्यबसाय छोड्नुपरेको बताए ।

बबई गाँउपालीका ५ हापुरेमा इलेक्ट्रोनिक्स ब्यबसाय गर्दै आएका लक्षण भन्डारीले लकडाउनकै कारण ऋण तिर्नै नसक्दा पसलनै बेच्नु परेको गुनासो गरे । ठुला लगानी रहेका होटलहरु पनि निकै चिन्तामा छन । ग्राहगहरु तत्कालै होटेलमा आएर खाने बस्ने अबस्था छैन ।
स्वास्थ्य सुरक्षा सतर्कता अपनाउदा पनि खासै प्रभावकारी नभएको होटल संचालकको भनाइ छ ।

दाङका ठूला होटल पनि करिव ६ महिनादेखि सुनसान छन् । सरकारले सभा सम्मेलन तथा गोष्ठिहरुमा रोक लगायका कारण पनि ग्राहक पाउन नसकिएको घोराहीमा रहेको भिंग्रेली भिलेज रीसोर्ट म्यानेजर प्रकाश पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार