दाङमा ९२२ जना डिस्चार्ज, २०८ जना संक्रिय संक्रमित

Author Logo..
अनलाइन राप्ती २०७७ असोज १२ गते सोमवार

दाङ :  दाङमा हाल सम्म १७ हजार ६५ जनाको स्वाब परीक्षण गर्दा ११ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य २४६ जना महिला र ८८६ जना पुरुषहरु रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । ति संक्रमित मध्य ९२२ जना डिस्चार्ज भएको घर फर्किएका स्वास्थ्य कार्यालय दाङका कोभिड १९ फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

त्यस्तै जिल्लामा अहिले २०८ जना संक्रिय संक्रमितहरु रहेको र उनीहरु मध्य १४५ जना होम आइसोलेसनमा अन्य विभिन्न आइसोलेसनमा रहेको उनले बताए । जिल्लामा अहिले ६४ जना क्वारेन्टाइनमा रहेका र ति मध्य हो क्वारेन्टाइनमा ४१ जना रहेको फोकल पर्सन चन्दले जानकारी दिए । त्यसैगरी गत २४ घण्टामा ८ जना संक्रमितहरु कोरोना मूक्त भएर डिस्चार्ज भएका छन् । जिल्लामा अहिले सम्म ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार