तुलसीपुरमा अब्यबस्थित पार्किङ हटाउदै प्रहरी

Author Logo..
अनलाइन राप्ती २०७७ असोज १२ गते सोमवार


शरद रेग्मी
तुलसीपुर :  सांघुरो सडक र बढ्दो ट्राफिक चांपसंगै पछिल्लो समय तुलसीपुर अक्रान्त छ । त्यसमा पनि अव्यवस्थीत ठेला व्यापार र फुटपाथनै नरहनेगरी गरीने व्यापारले पैदलयात्रुलाइ पनि सवारी गुड्ने सडकबाटै हिंड्न बाध्य बनाएको छ । जसका कारण दुर्घटनाको जोखिम समेत बढिरहेको इलाका प्रहरी कार्यालयका प्रमुख डिस्एसपि शिबबहादुर सिंहले बताए । त्यसरी अटेरगरी पार्किङ गरेका सवारीसाधनलाइ पनि प्रहरीले नियन्त्रणमा लिएर नियम वमोजिम कारवाहिको प्रक्रिया सुरु गरिएको इलाका प्रहरी प्रमुख सिंहले बताए ।

पटक पटकको अनुरोधलाई अवाज्ञा गरेको भन्दै आइतवारदेखि तुलसीपुर बजारको अव्यवस्थीत पार्किङलाइ पुर्ण रुपमा हटाउने अभियानको सुरुवात गरिएको छ । । स्थानिय सरकारसंगको समन्वय र सहकार्य तथा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरसंगको सहयोगमा प्रहरीले यो अभियान थालेको हो । अटेरगरी पार्किङ गरिएका सवारीसाधनहरुको ह्वील लक गरेर कार्बाहि गरिएको छ । नियम जानीजानी पनि अटेरगरी जसले सडकमा सवारी पार्किङ गरेको छ, उ ट्राफिक कारवाहिबाट उम्कन सक्ने छैन’—ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका इन्चार्ज चन्द्र केसीले बताएका छन् ।

लागुऔषध दुव्र्यसनी न्युनिकरण अभियान, गुण्डागर्दी नियन्त्रण, यौनजन्य अपराध तथा टोलसुरक्षाको अभियानपछि पछिल्लो समयमा तुलसीपुर इलाका प्रहरी कार्यालय बजार व्यवस्थापनको अभियानमा लागेको हो । चाडपर्व नजिकिएसंगै बजारमा हुने भिडभाडलार्इ व्यवस्थापन गर्नु मुख्य दायित्व रहेकाले यो अभियानमा लागिएको प्रहरी प्रमुखको भनाइ थियो ।

पर्व नजिकिएसंगै कोरोना भाइरसको संक्रमणको जोखिम पनि उच्च रहेकाले उच्च सतर्कता अपनाएर व्यापार व्यवसाय सन्चालन गर्न पनि प्रहरीले व्यवसायी तथा बैंक र वित्तिय संस्थाहरुलाइ आग्रह गरेको छ । व्यवसायीहरुलाइ अनिवार्य रुपमा मास्क लगाउन तथा सामाजिक दुरी कायम गरेर व्यापार व्यवसाय सन्चालन गर्न पनि सुरक्षा निकायले अनुरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार