दाङ : आँखाका बिरामीमा महिलाहरुको संख्या ५१ प्रतिसत भन्दा बढी रहेको आँखा चिकित्सकहरुले बताएका छन् ।
राप्ती आँखा अस्पताल रक्षाचौरले आइतवार ४१ औं सामाजिक सेवा दिवसको अवसरमा आयोजना गरेको आँखा स्वास्थ्य सेवा र कोभिड –१९ बिषयक सम्बाद कार्यक्रममा मेडिकल सुपरिटेण्डीयन डाक्टर सुलक्ष्मी कटुवालले पुरुषको संख्या ४९ प्रतिसत रहेको बताइन् ।
महिलामा आँखा सम्बन्धी समस्या बढी हुनुको कारण सामाजिक संस्कारले प्रभाब पारी रहेको उनले बताइन् ।
‘घरदेखि बनजंगल सम्मको कामको जिम्मेवारी महिलाहरुमा बढी हुने गरेको छ ,खाना पकाउने र खुवाउने सम्मको काम पनि महिलाकै हो,’ उनले भनिन्,‘ खाना पकाउदा धुँवा र ग्याँस वा अन्य वातावरणले असर गर्छ नी,त्यसमा पनि खाना खुवाउदा पनि परिवारका सबै सदस्यहरुले खुवाएर पछि आफुले खानु पर्ने संस्कार कायमै नै छ । उनीहरुमा आँखा चिलाउने,बिजाउने,आँसु आउने जस्ता लक्ष्यण हुन्छ ।’
कार्यक्रममा नेपाल नेत्रज्योति संघका सचिब सुरेन्द्र खड्काले नेपाल नेत्र ज्योति संघ अन्तर्गत राप्ती आखाँ अस्पताल रक्षाचौर,लमही अस्पताल र बहादुरगँज स्थीत आखाँ अस्पालबाट अन्धोपन निवारणका काम भइरहेका जानकारी दिए । उनले पुनःस्थापन,मोतिया बिन्दु,आखाँ सम्बन्धी जनशक्ति उत्पादन लगाएतका काम भइरहेको उनले बताए ।
त्यसअवसरमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिब सुशील बस्नेतले गैर सरकारी संघसंस्थालाई सहि ढंगले बर्गीकरण हुन नसक्दा कामको मूल्यांकन गर्न राज्यले नसकेको बताए । उनले सबैलाई एउटै नजरले मूल्यांकन गर्ने शैली सरकारले परिर्वतन गर्नुपर्ने सुझाव दिए । ‘ आखाँ स्वास्थ्य क्षेत्रलाई सरकारले स्वास्थ्य नीतिमा समावेश गर्नुपर्छ भन्ने बारेमा भखरै बुझ्यो,’ उनले भने,‘ आँखा पनि मानिसको महत्वपूर्ण अंग र संबेदनशील हो ? भन्ने गरिए पनि यसलाई स्वास्थ्य नीतिमा यसअघि समाबेश नगर्दा दुखद् हो ।’
सो अवसरमा नेत्रज्योति संघका सहसचिब चिरिञ्जीबि रिजाल,नेपाल पत्रकार महासंघका सहसचिब सर्मीला डिसी,पत्रकार बसन्त बिबस आर्चाय लगायतले मन्तब्य ब्यक्त गरेका थिए । अस्पतालका मेडिकल सुपरिटेण्डीयन डाक्टर सुलक्ष्मी कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा नेत्र ज्योति संघका सचिब सुरेन्द्र खडका प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । अस्पतालका बरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले हाल सम्मको प्रगति र चुनौति र रणनीतिक योजनाका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सहजिकरण सुचना अधिकारी बालाराम खड्काले गरेका थिए ।