तुलसीपुर : तुलसीपुरका थप ६ जना कोरोना संक्रमितहरु आइतवार निको भएर डिस्चार्ज भएका छन् । यहि असोज १ गते कोरोना संक्रमित भएका व्यक्तिहरु मध्य ५ जना वालापुर क्वारेन्टाइनमा बसेका र १ जना कन्ट्याक्ट ट्रेसिंगबाट संक्रमित भएका व्यक्तिहरु मध्य गरी ५ जना कोरोना विशेष अस्पताल बेलझुण्डीबाट डिस्चार्ज भएको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए ।
डिस्चार्ज हुनेहरुमा वडा नं. १६ की एक महिला र एक पुरुष, वडा नं. १२ का २ जना पुरुष, वडा नं. १० का १ जना पुरुष रहेको उनले बताए । त्यस्तै वडा नं. ७ का १ जना होम आइसोलेसनमा बसेरका पुरुषले पनि कोरोना जितेको फोकल पर्सन केसीले जानकारी दिए । योसंगै उपमहानगरका १७४ जना कोरोना संक्रमितहरुले कोरोना जितेर घर फर्किएका छन् ।
हाल उपमहानगरका ३४ जना पुरुष र १६ जना महिला गरी ५० जना संक्रिय संक्रमितहरु रहेको केसीले जानकारी दिए । हाल सम्म तुलसीपुर उपमहानगरमा १६६ जना पुरुष र ५८ जना महिला गरी २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टाइनमा बसेका ज्वरो तथा लक्षण देखीएका ३ जनाको आज स्वाब संकलन गरी परीक्षणको लागी पठाएको समेत फोकल पर्सन केसीले जानकारी दिए ।