दाङ : करिब ३ महिना अगाडी बाँकेबाट इलाका प्रहरी कार्यालय तुलसीपुरमा प्रमुख भएर आउनु भएका डिएसी शिव बहादुर सिंहले बनाएको शान्ति सुरक्षाका लागि रणनीतिक योजना प्रभाबकारी बन्दै गएको छ । पश्चिम दाङको केन्द्रमा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरकोे तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर गाँउपालिका,दंगीशरण गाँउपालिका र बबई गाँउपालिका कार्य क्षेत्र छ ।
अत्याधिक अपराधिक गतिबिधि हुने गरेको यो क्षेत्रमा लागुपदार्थ,हत्या,लुटपाट,चोरी,बलात्कार,नदी तथा बनजन्य बस्तुको अबैध ओसार पसार हुने गरेको छ । पटक पटक प्रहरीले गरेको सुरक्षा कदम केही प्रभाबकारी हुने गरेको भएपनि दिगोपन भने हुन सकेको छैन् । तर डिएसपी सिंहले अहिले तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडाका ५७७ टोलमा टोल सुरक्षा समिती गठन गर्दै आएका छन् । टोल सुरक्षा समिति गठन हुदाँ नागरीकहरुलाई समेत फाइदा भएको तुलसीपुर ७ तमाखेका दुर्गा प्रसाद भण्डारीले बताए ।
इप्रका तुलसीपुर जनता नै प्रहरीको साथी हुन भन्ने ल्याएको नयाँ अवधारणा सकारात्म भएको भण्डारीको भनाई छ । टोलमा सुरक्षा समिति गठन भएपछि धेरै समस्याहरुको समाधान हुने उनको विश्वास छ । त्यस्तै तुलसपुर ७ प्रगती,परिर्वतन शिल, जनउत्थान टोल विकास संस्थाकी सुरक्षा संयोजक नोखी रावतले सुरक्षा समिती गठन भएपछि धेरै राम्रो भएको बताइन उनले यसअघि गाउँघरमा सानातीना धेरै घटनाहरु हुने भएता पनि सुरक्षा समिती मार्फत न्युनिकरणमा भुमिका खेल्दै आएको उनले बताइन् ।
१५ जनाको समुहमा सुरक्षा सिमती गठन भएकोमा त्यसमा सबैलाई राखिएको समेत संयोजक रावतले बताइन् । ‘ पहिला गाउँमा कुनै पनि घटनाहरु भयो, त्यसको खवर प्रहरीलाई गर्दा त्यहि ब्यक्तिलाई नै रिसीबी राख्ने गर्दथ्ये,’ उनले भनिन्,’ तर अहिले टोल सुरक्षा समिती मार्फत नै खबर जाने भएकाले पनि सहज भएको छ । त्यस्तै अहिले गाउँमा जुवा तास, मदिरा सेबन गरी होहल्ला गर्ने कार्य पनि रोकिएको छ ।’ त्यस्तै टोल सुरक्षा समिती गठन हुदाँ प्रहरी र नागरीक विचको सम्बन्त्र पनि नजिक भएको उनको भनाइ छ । यो अभियानलाई केही समयको लागी मात्र नभइ दिर्घकाली रुपमा अगाडी बढाएमा गाउँ टोलमा शान्ति सुरक्षा कायम हुने समेत उनको विश्वास छ ।
अहिले सम्म ५६४ टोलमा सुरक्षा समिती गठन भएको उनले बताए । यसरी टोलमा सुरक्षा समिती गठन भएपछि तुलसीपुरमा अपराधिक घटनाहरु कमि भएको समेत उनको भनाइ छ । ‘ पहिला महिनामा ३० देखी ३५ वटा अपराधिक घटनाहरु इप्रकामा दर्ता हुन्थ्ये । तर पछिल्लो ३ महिना अवधीमा ४ वटा मात्र घटना दर्ता भएका छन्,’उनले भने । त्यसैगरी इप्रका तुलसीपुरको हिरासत कक्ष केही दिन अगाडी एक जना मानिस नभएको अवस्थामा रहेको समेत उनले बताए ।
‘ नागरीक र प्रहरी मिलेर जादाँ समाजमा शान्ति सुरक्षा कायम गर्न सकने भएकाले यो अभियानको शुरुवात गरीएको हो,’ उनले भने । त्यस्तै डिएसपी सिंहले समाजलाई अपराधमुक्त बनाउनको लागी नागरीक र प्रहरी विच भावनात्मक सम्बन्ध हुनु पर्ने बताए । उनले प्रहरी एक्लैले मात्र समाजलाई शान्ति सुरक्षा कायम गर्न नसक्ने भन्दै नागरीकहरुले पनि त्यसमा साथ दिनु पर्ने बताए । आफु आएपछि शुरुमो लागु औषध विरुद्धको अप्रेशसन गरेकोमा त्यसमा केही सफल्ता मिलेको समेत उनले बताए ।
उनले तुलसीपुबाट लागु औधष विक्री वितरण गर्ने धेरै ब्यक्तिहरुलाई पक्राउ गरी जेल चलान गरीएको समेत बताए । त्यस्तै उपमहानगर भित्र १८२ स्थानमा गाजाँ नष्ट गरेको समेत उनले बताए । यो प्रहरीले गर्दा मात्र नभई नागरीकहरुको साथ र सहयोगबाट भएको भन्दै यो टोल सुरक्षा समिती गठन आफुले कानुनको पालना गरेर उपहानगरपालिकासंग सहकार्य गरी गठन गर्दै आएको समेत बताए ।
उनले पहिलो चरणमा तुलसीपुर उपमहानरपालिकामा यो अभियान शुरु गरेको भएता पनि आगामी दिनहरुमा अन्य पालिकाहरुमा समेत गठन गर्ने योजना रहेको बताए । त्यस्तै इप्रका तुलसीपुरले थालेको अभियान एकदमै राम्रो भएको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष टोप बहादुर केसीले बताए । यो अभियानको लागी स्थानिय सरकारले पनि साथ सहयोग दिने उनले बताए । ‘ हिजोका दिनहरुमा नागरीकहरु प्रहरी देख्ने वित्तिकै डराउनु पर्ने अवस्था थियो,’ उनले भने,‘ तर यो अभियानले नागरीक र प्रहरी बिचको सम्बनध राम्रो हुन्छ । प्रहरीले नागरीकलाई विना बर्दीको प्रहरी बनाएर समाजमा हुने घटनालाई रोक्न अभियानले सहयोग पु¥याउँछ ।’