दाङ : शान्तिनगरमा शनिवार थप ९ जनामा कोरोनाा संक्रमण पुष्टि भएको छ । गाउँपालिका कार्यालयका ८ जना कर्मचारी र एक जना जनप्रतिनिधीमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरीएको स्वाब परीक्षणका क्रममा वडा नं. ६ का एक जना जनप्रतिनिधी र गाउँपालिकामा कार्यरत ८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरी पुनले जानकारी दिए ।
यस अघि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ८ जना कर्मचारीलाई कोरोना पुष्टि भएको थियो । तर प्रमुख प्रशासकीय अधिकृत र उनका गाडीका चालकले कोरोना जितिसकेका छन् । योसंगै हाल गाउँपालिकामा ६४ जनामा कोरोना संक्रमण भएता पनि २३ जना सक्रिय संक्रमित रहेको पुनले बताए । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि हाल गाउँपालिका कार्यालय यहि असोज १२ गते सम्मको लागी बन्द गरिएको छ ।