बाँके : कोरोना भाइरसको संक्रमणबाट बर्दियाको बबई बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख निधन भएको छ। उनको भेरी अस्पताल नेपालगञ्जमा शनिबार निधन भएको हो। जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार ५० वर्षीय क्याम्पस प्रमुखको भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो।
असोज ३ गते कोरोना पुष्टि भएका क्याम्पस प्रमुख होम आइसोलेसनमा बसेका थिए। स्वास्थ्यमा गम्भीर समस्या भएपछि भेरी अस्पताल ल्याइएको थियो। अस्पताल पुर्याएको केही बरेमै उनको मृत्यु भएको हो । उनलाई भेरीमा उपचार गर्न ल्याइएको थियो। छ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस