तुलसीपुरमा २ जना कोरोना संक्रमित थपिए

Author Logo..
अनलाइन राप्ती २०७७ असोज १० गते शनिवार

तुलसीपुर :  दाङको तुलसीपुरमा शनिवार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको फिवर क्लिनिकबाट संकलन गरीएको स्वाव परीक्षणको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ की २७ बर्षीय महिला र वडा नं. ८ का २६ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए । उनीहरुमा ज्वरो लगाएतका लक्षण देखिए पछि कोरोना परीक्षण गराएका थिए ।

यो संगै तुलसीपुरमा २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी शुक्रवार सम्म १६८ जना डिस्चार्ज भएका छन्, भने ५६ जना संक्रिय संक्रमितहरु विभिन्न आइसोलेसनमा रहेको फोकल पर्सन केसीले जानकारी दिए । शुक्रवार मात्रै बैंकका ८ कर्मचारी सहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार