नेपालमा थप १२ सय ७ जनामा कोरोना संक्रमण पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ असोज १० गते शनिवार

काठमाडौं :  नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप १२ सय ७ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ । शनिबार देशभरी सक्रिय संक्रमितको संख्या १८ हजार ३ सय ४१ रहेको छ ।

संस्थागत आइसोलेसनमा प्रदेश १ मा १ सय ४७, प्रदेश २ मा ८ सय ७९, बागमती प्रदेशमा ४ हजार ९ सय ९९ र गण्डकी प्रदेशमा ५ सय ८६ जना , प्रदेश ५ मा ४ सय ५४, कर्णाली प्रदेशमा २ सय ६६ र सुदूरपश्चिम प्रदेशमा ५ सय २ गरी देशभरी ७ हजार ८ सय ३३ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै होम आइसोलेसनमा प्रदेश १ मा १ हजार ४ सय ७०, प्रदेश २ मा ७ सय ४२, बागमती प्रदेशमा ५ हजार ८ सय ८० र गण्डकी प्रदेशमा ३ सय ६० जना रहेका छन् ।

यस्तै प्रदेश ५ मा १ जहार ६ सय ७८, कर्णाली प्रदेशमा २ सय २४ र सुदूरपश्चिम प्रदेशमा १ सय ५४ जना गरी देशभरी १० हजार ५ सय ८ जना होम आइसोलेसनमा रहेका छन । २ सय २४ जना आइसियु र २७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ११ सय ४७ जना कोरोनामुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना मुक्त हुनेको संख्या ५३ हजार १३ जना पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १८ हजार ३ सय ४१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार