काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट एक सैनिक जवानको मृत्यु भएको छ। बझाङ जिल्ला घर भई काठमाडौं उपत्यकामा कार्यरत सैनिक जवानको मृत्यु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
मृतक जवानमा छारे रोगको लक्षण देखिए पश्चात आकस्मिक रुपमा सघन कक्षमा उपचारको क्रममा मृत्यु भएको हो । उनीमा असोज ८ गते स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पोजेटिभ देखिएको थियो ।
योसँगै नेपाली सेनामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । हालसम्म नेपाली सेनामा कोरोना संक्रमितको कुल संख्या २,१९७ रहेको छ भने निको हुनेको संख्या ५३९ र सक्रिय संक्रमित संख्या १,६५६ रहेको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस