दाङ : दाङको तुलसीपुरबाट प्रहरीले ५ कीलो लागुऔषध अफिम सहित २ जना पक्राउ गरेको छ । शुक्रवार साझँ करिब८ बजेतिर तुलसीपुर ६ गुम्राहचोकबाट रोल्पा साबिक गाविस थवाङ ५ का ४६ बर्षीय कर्म कुमार बुढा र उनकी ४६ बर्षीय श्रीमती राज कुमारी रोकालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
लागुऔषध कारोबार भइरहेको भन्ने सुचनाको आधारमा जिप्रका दाङमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेका जिल्ला प्रहरी प्रवक्ता एंव डिएसपी सुमित खड्काले जानकारी दिए । पक्राउ परेका उनीहरु माथी लागू औषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस