तुलसीपुर : तुलसीपुर उपमहानगरमा हाल सम्म २२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ति मध्य १५६ जना पुरुष र ५७ जना महिलाहरु रहेको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए । ति संक्रमित मध्य १६८ जना डिस्चार्ज भएर घर फर्किएका उनले बताए । त्यस्तै उपमहानगरमा विगत २४ घण्टामा १४ जना संक्रमितहरु थपिएका थिए, भने १ जना डिस्चार्ज भएका छन् ।
त्यसैगरी अहिले उपमहानगरमा ५४ जना संक्रिय संक्रमितहरु रहेको र उनीहरु मध्य होम लाइसोलेसनमा २५ जना, भेरी आइसोलेसनमा ३ जना, कोरोना विशेष अस्पताल बेलझुण्डीमा १५ जना रहेका फोकल पर्सन केसीले जानकारी दिए । त्यस्तै होटल आइसोलेसनमा ११ जना बसेका उनले बताए । त्यसैगरी उपमहानगरले संचालन गरेको क्वारेन्टाइनमा एक जना पनि नरहेको र होम क्वारेन्टाइनमा ४१ जना रहेको उनले बताए ।