प्रतिष्ठान हाताभित्र बृक्षारोपण

Author Logo..
अनलाइन राप्ती २०७७ असोज १० गते शनिवार


घोराही : राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले आफ्नो दोस्रो बार्षिकोत्सबको अवसरमा प्रतिष्ठानको अस्पताल, प्रशासनिक, आइसोलेसन र अस्पतालको क्वाटर हाताभीत्र बिभिन्न्न जातका १ सय १० वटा बिरुवा रोपिएको छ । टिक बीस, मसला, मालागेडी, चिउरी बजरदन्ती, ज्याकराण्ड, रुद्राक्ष, निम, अमला, एलाण्डा लगायतका जातका बिरुवा प्रतिष्ठानकी उपकुलपती प्रा.डा. संगीता भण्डारी, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, दाङ जिल्ला उबासंघका अध्यक्ष तथा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान सरोकार समितिका संयोजक नारायण भुसाल, जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगबहादुर शाही, प्रतिष्ठानका अस्पताल निर्देशक डा. सागर पन्थी लगाएत अस्पतालका चिकित्सक, कर्मचारिले बृक्षारोपणमा सहभागी भइ बिरुवा रोपेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार