नेपालमा थप १३ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ असोज ९ गते शुक्रवार

काठमाडौंँ : नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित जानकारी दिने क्रममा प्रवक्ता डा जागेश्वर गौतमले नयाँ थपिएका कोरोनाका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको जानकारी दिए ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर १४ सय ५५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५१ हजार ८ सय ६६ जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ५९ पुगेको छ । यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना सङ्क्रमित १८ हजार २ सय ८९ जना छन् भने ६ हजार ४ सय ६४ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार