तुलसीपुर : तुलसीपुरमा शुक्रवार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरीएको स्वाब परीक्षणमा १३ पुरुष र १ महिला गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरका कोभिड १९ फोकल पसर्न बिमल केसीले बताए । शंकास्पद ज्वरो लगाएतका लक्षण देखिए पछि प्रतिष्ठानको फिबर क्लिनिकबाट पुष्टि भएको उनले बताए ।
संक्रमित हुनेमा वडा नं.५ का २५,२८,२९, ३४ र ४२ बर्षीय पुरुष गरी ५ जना, वडा नं. ६ का ४३ बर्षीय एक जना पुरुष, वडा नं. ८ का ३३ र ३८ बर्षीय २ जना पुरुष रहेका छन् । त्यस्तै वडा नं. ९ का २०, २२ बर्षीय पुरुष, वडा नं. १२ का ३२, ४३ बर्षीय पुरुष र ३० बर्षीय महिला, वडा नं. १९ का २८ बर्षीय एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्य ग्लोवल आईएमई बैंकका ८ कर्मचारी रहेको फोकल पर्सन केसीले जानकारी दिए । अन्य संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका रहेका छन् । यो संगै तुलसीपुरमा कोरोना संक्रमित संख्या २२२ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ५५ पुगेको छ, भने हाल सम्म १६७ जना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् ।